काठमाडौँ । देशका केही नदीहरूमा बिहीबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहीबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो ।
मुख्य गरी मंगलबार र बुधबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार पश्चिम राप्ती र बबइ जलाधार क्षेत्रका नदीमा बाढीको अति उच्च जोखिम छ । मंगलबार र बुधबार पश्चिम राप्ती, कुसुम, बबइ र चेपाङ नदीमा अति उच्च जोखिम रहेको छ ।
बिहीबार भने यी नदीहरूमा पानीको वहाब कम हुँदै जाने महाशाखाले जनाएको छ ।
आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढेने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ ।













प्रतिक्रिया