सुनको मूल्य २ लाख पुग्न १६ सय मात्र बाँकी


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य २ लाख नजिक पुगेको छ । सुनको मूल्य २ लाख पुग्न १६ सय रुपैयाँ मात्र बाँकी रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७२.६१ अमेरिकी डलर र चाँदी ३७.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।