सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार, कारोबार रकममा भने गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आउँदा कारोबार रकममा भने गिरावट आएको छ । बुधबार नेप्से २.३५ अंकले बढेर २८३६.३५ अंकमा पुगेको छ ।

कारोबारमा आएका ११२ वटा कम्पनीको सेयर बढ्दा १३८ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

बु्धबार ९३ हजार १८५ पटकको कारोबार २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयरहरु ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबार नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ अंकमा पुग्दा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँका सेयरहरु कारोबार भएका थिए ।

सोमबार नेप्से १६.४६ अंकले बढेर २८७५.३६ अंकमा पुग्दा कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख ४९ पुगेको थियो । आइतबार नेप्से परिसुचक ६३.७३ अंकले घटेर २८५८.९ अंकमा पुग्दा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।

बुधबार लघुवित्त समूह ७२.२८ अंकले बढेको बजारमा अन्य समूह १६.५ र व्यापार समूह ९.६५ अंकले बढ्दा अन्य उपसुचकमा गिरावट आएको छ ।

विन नेपाल लघुवित्त, महुलि लघुवित्त र ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा समाज लघुवित्तको सेयर मूल्य ७.९३ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयर मूल्य ७.८३ प्रतिशतले बढेको छ ।

यता, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ३.७८ प्रतिशतले घटेको छ । रिलाइबल समृद्धि योजनाको सेयर मूल्य २.७४, समता घरेलु लघुवित्तको सेयर मूल्य २.७२, युनिलिभर नेपालको सेयर मूल्य २.७१ र सयपत्री हाइड्रोपावरको सेयर मूल्य २.४१ प्रतिशतले घटेको छ ।

न्यादी ग्रुप पावर २९ करोड ४५ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सन्राइज फोक्सड फण्ड १८ लाख २७ हजार ६८० इकाईको कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा १० हजार ७८ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।