नाइमा एक्स्पोमा प्रोटोन इमास ७ किन्नेले ३ लाखसम्म छुट पाउने, अरु के छ अफर ?


काठमाडौँ । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गरेको छ । कम्पनीले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको हो ।

जगदम्बा मोटर्स सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ ।

शंकर ग्रुपमार्फत व्यापक इभी इकोसिस्टम निर्माण गर्न प्रामाणिक स्पेयर पाट्र्स, आधुनिक डाइग्नोस्टिक उपकरणहरू, प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्ण रूपमा तालिम प्राप्त प्राविधिकहरूको सेवाहरु उपलब्ध गराउने गरेको छ ।

त्यस्तै, सरल र सहज वारन्टी दाबी प्रक्रिया, चार्जीङ स्टेसन, यी व्यवस्था ग्राहकका सबै आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको कम्पनीको भनाइ छ ।

नाइमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका अफरहरुमा जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि ० % प्रतिशत ब्याजदर, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिएको कम्पनीले विज्ञप्ति मार्फत उल्लेख छ ।

ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी, २ लाख ९९ हजारको सिधा नगद छुट, साथै थप सुविधाहरू, एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित पाइने व्यवस्था गरेको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।’

ग्राहकलाई प्रोटोन इमास ७ प्रत्यक्ष हेर्न ‘स्टल एल ५ – हल बी’ मा आउन कम्पनीले निमन्त्रणा गरेको छ ।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।