बिवाइडीले एटोे ३ पछि नेपाली बजारमा ल्यायो २९ लाख मूल्यको एटो १


काठमाडौं । बीवाईडीको नयाँ ह्याचब्याक कार एटो (वान सार्वजनिक भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक बितरक साइमेक्स इंक प्रालिले बुधबार राजधानीमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो वान दुई भेरियन्टमा सार्वजनिक गरेको हो ।

नेपालमा एटो १ नामबाट बिक्री सुरु भएको कार विभिन्न देशहरुमा फरक नामबाट बिक्री हुँदै आएको । चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपाली बजारमा आएको हो । एटो १ स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा आएको छ । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले स्ट्यान्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने ह्याचब्याक कारको रुपमा यसको बिक्री सुरु भएको हो । एटो १ को लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।