काठमाडौँ । बिहीबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार सुन स्थिर रहँदा चाँदीको भाउ भने सामान्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७८.८ अमेरिकी डलर र चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया