सुनको मूल्य २ लाख नजिक पुगेसँगै हालसम्मकै उच्च


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य २ लाख नजिक पुगेसँगै नयाँ रेकर्ड बनेको हो ।

बिहीबारको तुलनामा सुनको भाउ १ हजार रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीप्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९३.९ अमेरिकी डलर र चाँदी ३८.२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।