४ महिनामा विपदका २ हजार ६७५ घटना


काठमाडौँ । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल २ हजार ६७५ विपद्का घटना भएका छन् । ती घटनाबाट ४ हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर ११७ जनाको ज्यान गएको छ भने ५६४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य १९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट १ हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।

प्राधिकरणको विवरणअनुसार पहिरोका कुल २८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् । यस्तै, भारी वर्षाका कारण १७४, चट्याङका २४४, सर्पदंशका ७४, आगलागीका १ हजार ६६, वन डढेलोका १५८, हावाहुरीका २७६, जनावर आक्रमणका १५३, लेक लागेर ४१, भूकम्पका ५ घटना भएका छन् । विपद्जन्य घटनाका कारण ४ हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।

यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपदका घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका ४, बाढी एक, अविरल वर्षा ५, चट्याङ एक, लेक लागेको २ र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  ०७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।