दमौली । जिल्ला प्रशासन कार्यालयले १ वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१ र८२ मा १ लाख ४७ हजार ८३१ जनालाई विविध सेवा प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ नागरिकता, ५ हजार ४८४ सिफारिस, १ हजार ४६७ गुनासो, ७ सय ९४ संस्था दर्ता-नवीकरण, ६ सय ६ नाबालक परिचयपत्र, १ सय ८२ जनालाई हातहतियार नवीकरण र नामसारीसम्बन्धी सेवा प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएको अधिकारीको भनाइ छ । जिल्लामा सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमध्ये ७ महिला र २८ पुरुष रहेको प्रजिअ अधिकारीले बताए। उनका अनुसार सोही अवधिमा ३ महिलाको नागरिकता रद्द गरिएको छ ।
कार्यालयले सो आवमा १७ हजार ८६९ नागरिकता प्रमाणपत्र वितरण गरेको छ । ती मध्ये ८ हजार ७१८ नयाँ नागरिकता र ९ हजार १५१ प्रतिलिपि रहेको प्रजिअ अधिकारीले बताए। उनका अनुसार नयाँ नागरिकतातर्फ वंशज (बाबुका आधारमा) ८ हजार ६७६, वंशज(९आमाका आधारमा) ३, गैरआवासीय २९ र वैवाहिक अङ्गीकृत १० नागरिकता वितरण गरिएको छ ।
नागरिकता प्राप्त गर्नेमा ४ हजार ४५९ महिला र ४ हजार २५९ पुरुष छन् । प्रतिलिपितर्फ वंशजका आधारमा ४ हजार ४७७ महिला, ४ हजार ६६४ पुरुष, वैवाहिक अङ्गीकृत ८ र जन्मसिद्ध २ नागरिकता वितरण गरिएको छ ।
मासिक रूपमा साउनमा १ हजार ८६९, भदौमा १ हजार १८६, असोजमा ७ सय ९१, कात्तिकमा १ हजार ८०२, मङ्सिरमा १ हजार ४३५, पुसमा १ हजार २४४, माघमा एक हजार ६०१, फागुनमा १ हजार १९७, चैतमा १ हजार ४२४, वैशाखमा १ हजार ३६५, जेठमा १ हजार १९१ र असारमा १ हजार ७६४ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले एक वषमा छ सय नाबालक परिचयत्र वितरण गरेको छभने छवटा प्रतिलिपि वितरण गरेको छ । यस्तै पाँच हजार एक महिला, आठ हजार ४५० पुरुष र दुई सय ६४ नाबालक गरी १३ हजार ७१५ राहदानी विवरण सङ्कलन गरिएकामा चार हजार ४५८ महिला र सात हजार ७४५ पुरुष गरी १२ हजार २०३ राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ ।
सो अवधिमा १२ हजार ९९६ महिला र १७ हजार ६६४ पुरुष गरी ३० हजार ६६० जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । कार्यालयमा आएका ६४ हजार ६८१ थान परिचयपत्र सम्बन्धित पालिकामा पठाएर वितरण भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।










प्रतिक्रिया