काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको छ । नेपाली बजारमा आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९८.१७ अमेरिकी डलर र चाँदी ३८.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया