काठमाडौँ । साताको दोस्रो कारोबारदिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७६.०३ अमेरिकी डलर र चाँदी ३८.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया