काठमाडौँ । आगामी भाद्र ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन् गर्ने भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीसँग भेटगरी अटो शो मा प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए ।
अटो शो भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटी मण्डप परिसरमा हुनेछ । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुने बताए ।
पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका यूनीट्री रोबोट्स् र दिपाल इभटिोल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिए ।
सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेका छन् । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् ।












प्रतिक्रिया