काठमाडौँ । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्वदेशमै उत्पादित इलेक्ट्रिक रिक्साहरू (ई–रिक्साहरू) मा अवलोकनकर्ताको चासो धेरै देखिएको छ । मेगाटेक समूहले स्वदेशमै बनाएका सामुराइ ब्रान्डका सामुराइ लोड–किङ, सामुराइ भेजी क्लोज, सामुराइ फुडीज, सामुराइ सुपर प्लस, सामुराइ प्लस, सामुराइ प्लस (बेस), सामुराइ चिकन कार्ट, सामुराइ इवा, सामुराइ एक्सट्रीम, सामुराइ पावर प्लस, र सामुराइ भेजी ओपन जस्ता मोडलहरू ल्याएर मेलालाई रौनक थपेको छ ।

यी ई–रिक्साहरू स्कूल भ्यान चलाउन, तरकारी र फलफूल बिक्री गर्न, कुखुरा र मासु ढुवानी गर्न, फोहोर संकलन गर्न र फूल बगैंचामा पानी हाल्न जस्ता थुप्रै कामका लागि एकदमै उपयुक्त छन्। यी सवारी साधनहरूले नेपालको यातायात क्षेत्रमा सस्तो, दिगो, र स्वदेशी उत्पादनको नयाँ सम्भावना उजागर गरेका छन्।
मेगाटेकको कथा : स्वदेशी उत्पादन, नेपाली शान
मेगाटेक समूहले मोरङको बुढीगंगामा रहेको आफ्नो कारखानामा यी ई–रिक्साहरूको डिजाइनदेखि निर्माणसम्मको काम नेपालमै गर्छ। कम्पनीका प्रमुख सुरेश लोहनी भन्छन्, “हामीले नेपाली सडक र बजारको आवश्यकता बुझेर यस्ता रिक्साहरू बनाएका छौं। यी सवारी साधनहरूले साना व्यवसायी, किसान, र गाउँपालिका–नगरपालिकालाई काम गर्न सजिलो बनाउँछन्, अनि वातावरण पनि जोगाउँछन्।” मेगाटेकले ब्याट्री र धातुका पार्ट्स नेपालमै बनाउँछ ।
तर इलेक्ट्रोनिक्सलगायत केही सामान बाहिरबाट ल्याउँछ। अहिलेसम्म कम्पनीले ९०० देखि १ हजार युनिट रिक्साहरू बनाइसकेको छ । दिनमा १० देखि १५ युनिट बनाउने क्षमता रहेको कम्पनीले जनाएको छ।
सामुराइ ई–रिक्साहरू : हरेक कामका लागि सजिलो साथी
मेगाटेकका सामुराइ ई–रिक्साहरू नेपालको सहर र गाउँका हरेक खालका कामलाई ध्यानमा राखेर बनाइएका छन्। यी रिक्साहरू ४÷५ वटा लेड–एसिड ब्याट्री लाग्छन्, जसले मध्यमदेखि लामो दूरीसम्म सञ्चालन गर्न सकिन्छ। यिनको वजन क्षमता ८०० देखि १३८० किलोग्रामसम्म छ । वावर क्षमता १।३४ देखि २.०१२ हर्सपावर भएकाले सहरदेखि गाउँका सडकमा सजिलै सञ्चालन गर्न सकिन्छ। यिनमा १ हजार÷१२ सय वाटको मोटर प्रयोग भएको छ ।
सामुराइ लोड–किङ : भारी कामको बेस्ट फ्रेन्ड
सामुराइ लोड–किङ भारी सामान बोक्नेहरूका लागि सुपरहिट रिक्सा हो। यो रिक्सा गाउँपालिका र नगरपालिकाले फोहोर संकलन गर्न, निर्माण सामग्री ढुवानी गर्न वा अन्य भारी सामान बोक्न प्रयोग गर्न सक्छन् । यो रिक्साको बलियो बनावट र ठूलो क्षमताले मेलामा सबैको ध्यान खिचेको छ । एक गाउँपालिकाका प्रतिनिधिले भने, “यो रिक्सा फोहोर संकलनको काममा एकदमै राम्रो लाग्यो। सस्तो पनि छ, बलियो पनि देखिन्छ।”

सामुराइ भेजी क्लोज : तरकारी बेच्न हिँड्नेहरूको साथी
सामुराइ भेजी क्लोज तरकारी, फलफूल, र खानेकुरा बोक्नका लागि बनाइएको बन्द डब्बासहितको रिक्सा हो। यो रिक्सा घर(घरमा तरकारी बेच्न हिँड्ने व्यापारीहरूका लागि एकदमै सजिलो छ। बन्द डब्बाले सामानलाई ताजा र सुरक्षित राख्छ। मेलामा इरिक्सा हेर्दै गरेकी एक महिलाले भनिन्, “यो रिक्सा मलाइ तरकारी बेच्न गाउँगाउँ डुल्न सजिलो हुने रहेछ ।”
सामुराइ चिकन कार्ट : कुखुरा र मासु बेच्नेहरूलाइ काइदा
सामुराइ चिकन कार्ट कुखुरा र मासु बेच्नेहरूका लागि विशेष रूपमा बनाइएको हो। यो रिक्सामा जिउँदो कुखुरा वा मासु बोकेर घर÷घरमा बिक्री गर्न सकिन्छ। यो रिक्साको डिजाइन स्वच्छ र सुरक्षित छ, जसले पोल्ट्री व्यवसायीहरूलाई ठूलो सहयोग गर्छ।
सामुराइ फुडीज : सडकमै खाना पसल
सामुराइ फुडीज सडकमा खाना बेच्न चाहनेहरूका लागि हो। यो रिक्सामा खाना बनाउने र बेच्ने सुविधाजनक बन्द डब्बा छ। यो रिक्सा साना खानेकुरा व्यवसायीहरूका लागि एकदमै उपयोगी छ। मेलामा आएका एक एक व्यवसायीले भने, “यो रिक्सा हेर्दा मलाइ मोबाइल खाना पसल चलाउन मन लाग्यो ।”
सामुराइ सुपर प्लस, सामुराइ प्लस र सामुराइ प्लस (बेस) ः स्कूल भ्यान र यात्रु बोक्ने
सामुराइ सुपर प्लस, सामुराइ प्लस, र सामुराइ प्लस (बेस) स्कूल भ्यान र यात्रु ढुवानीका लागि बनाइएका छन्। यी रिक्साहरूमा बच्चाहरूलाई स्कूल लैजाने र ल्याउने सुविधा छ, अनि यात्रु बोक्न पनि सजिलो छ। सुपर प्लस र प्लस मोडलमा थप सुविधा छन्, भने प्लस (बेस) साधारण कामका लागि उपयुक्त छ।
सामुराइ इवा, एक्सट्रीम, पावर प्लस, र भेजी ओपन : खास कामका लागि
सामुराइ इवा, एक्सट्रीम, पावर प्लस र भेजी ओपन विशेष कामका लागि बनाइएका छन्। सामुराइ भेजी ओपन खुला डब्बासहितको रिक्सा हो, जुन फूल बगैंचामा पानी हाल्न वा अन्य खुला ढुवानीका लागि उपयुक्त छ। यो रिक्साले बगैंचाको काम सजिलो बनाउने, पानी हाल्न र सामान बोक्न एकदमै सुविधाजनक हुने लोहनी बताउँछन् । यस्तो इरिक्सा दूध ढुवानीका लागि पनि तयार गरिरहेको उनले बताए ।
रोजगारी र वातावरणको रक्षा
मेगाटेकले १५ वर्षदेखि मोरङको बुढीगंगामा उद्योग स्थापना गरेर स्वदेशी उत्पादनमा जोड दिइरहेको छ। कम्पनीले ३०० जनालाई रोजगारी दिएको छ । देशभर डिलरमार्फत रिक्साहरू बेच्छ। सुरेश लोहनी भन्छन्, “हाम्रो लक्ष्य नेपालमै बनेका रिक्साहरूले साना व्यवसायी र किसानलाई बलियो बनाउनु हो। यी रिक्साहरूले बिचौलियालाई हटाएर बजारसम्म सजिलो पहुँच दिन्छन्।”
यी रिक्साहरूले पैसा कमाउन मात्र सघाउँदैनन्, वातावरण पनि जोगाउँछन्। किनभने यिनीहरू ब्याट्रीबाट चल्छन्, जसले धुवाँ र प्रदूषण गर्दैनन्।
सामुराइ ई–रिक्साहरूको प्रभाव : साना व्यवसायी र गाउँपालिकालाई फाइदा
मेगाटेकका रिक्साहरूले साना व्यवसायी र स्थानीय निकायहरूलाई ठूलो फाइदा पुर्याएका छन्। गाउँपालिका र नगरपालिकाहरूले फोहोर संकलनका लागि सामुराइ लोड–किङ प्रयोग गर्न थालेका छन्। यो रिक्साले फोहोर उठाउन सजिलो र सस्तो बनाएको छ। त्यस्तै, तरकारी र मासु बेच्नेहरूले सामुराइ भेजी क्लोज र चिकन कार्ट प्रयोग गरेर आफ्नो व्यवसायलाई सजिलो बनाएका छन्।
स्कूल सञ्चालकहरूले सामुराइ सुपर प्लस र प्लस मोडललाई स्कूल भ्यानको रूपमा प्रयोग गरिरहेका छन्। यी रिक्साहरू सुरक्षित र सस्तो छन्, जसले अभिभावक र स्कूललाई फाइदा पुग्छ। फूल बगैंचा र कृषि व्यवसायीहरूले सामुराइ भेजी ओपन प्रयोग गरेर पानी हाल्ने र सामान ढुवानी गर्ने कामलाई सजिलो बनाएका छन्।
कम्पनीले पानी ट्यांकरको ९ लाख,गार्वेज (फोहर) कार्टको ६ लाख ५० हजार, कुखुरा बोक्ने रिक्साको ५ लाख ५० हजार, स्कुल भ्यानको ६ लाख, तरकारी बोक्ने रिक्साको ४ लाख ५० हजार मूल्य राखेको छ ।












प्रतिक्रिया