काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से २७.९ अंकले घटेर २८२२.४६ अंकमा पुगेको छ ।
सोमबार ९८ हजार ५२५ पटकको कारोबारमा २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयरहरु १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएका छन् । कारोबारमा आएका ३२४ वटा कम्पनीमध्ये ३० वटाकम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १८.३ अंकले बढेर २८५०.३७ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ पुगेको थियो ।
सोमबार नेप्सेमा दाहोरो अंकको गिरावट आउँदा सबै उपसुचक राताम्मे देखिएका छन् । अन्य समूह ०.३१ प्रतिशतले बढ्दा लघुवित्त समूह २.३५ प्रतिशतले घटेको छ । विकास बैंक समूह २.३१, व्यापार समूह १.४४, जलविद्युत समूह १.४१ प्रतिशतले घटेको बजारमा वित्त समूह १.२७ प्रतिशतले घटेको छ ।
रिभर फल्सको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा पञ्कन्या माई हाइड्रोपावरको सेयर मूल्य ६.८७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको सेयर मूल्य ४.१५, सिद्धार्थ इकुईटी फण्डको सेयर मूल्य ३.६३ र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ३.४७ प्रतिशतले बढेको छ ।
यता, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ । लिभर्टी इनर्जी कम्पनीको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको बजारमा ट्रेड टावरको सेयर मूल्य ६.९९, सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.७४ र विन नेपाल लघुवित्तको सेयर मूल्य ५.७२ प्रतिशतले घटेको छ ।
शिवम् सिमेन्ट ५३ करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबार संख्याको आधारमा ५ हजार ८०६ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
सोमबारको कारोबारसँगै पूँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड ७३ लाख ७० हजार रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार कुल बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया