सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५४.०४ अमेरिकी डलर र चाँदी ३७.८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।