काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । चाँदी भने तोलामा २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५०.६ अमेरिकी डलर र चाँदी ३८.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया