मन्त्री भण्डारीद्वारा रासायनिक मल आपूर्तिलगायत विषयमा सरोकार भएकाहरूसँग छलफल


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् ।

सरोकार भएका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौती तथा भविष्यमा रासायनिक र जैविक (प्राङ्गारिक) मल उत्पादन सम्भाव्यताबारे छलफल गरेका छन् ।

छलफलमा कृषि सामग्री कम्पनी लिमिटेड, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड, उद्योग विभाग, नेपाल आयल निगमका प्रतिनिधिको उपस् िरहेको थियो । त्यस क्रममा हाल रासायनिक मलको मौज्दात, सम्बद्ध निकायहरूको आपूर्ति क्षमता, वितरण प्रणालीमा सुधार गर्न सकिने सम्भावना तथा भविष्यमा मल उत्पादनका सम्भावनाबारे छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले मलको समस्या समाधान गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । छलफलका अन्य सहभागीहरूले हालको आपूर्ति प्रक्रियामा आवश्यक कानुनी तथा नीतिगत सुधार गर्दै वितरण प्रणालीलाई प्रक्रियागत झन्झटबिना वास्तविक किसानसम्म पुग्ने ‘डिजिटल’ प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्रिभुवन विश्वविद्यालयको एक अध्ययनअनुसार माटोको उर्वर क्षमता ४० प्रतिशत घटिसकेको अवस्था देखाएकाले रासायनिक मलको व्यवस्थित प्रयोग अनिवार्य रहेको विषयमा समेत छलफल भएको जनाइएको छ ।रासस

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।