दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसले कति पाए सेयर ?


काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको आइपीओमा आवेदन गर्ने २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ती मध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको गरेको थियो ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।