फोटोन र सोकोन नाडा २०२५ का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्स सहित तयारी अवस्थामा


काठमाडौँ । फोटोन यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउन तयारी अवस्थामा छ। प्रदर्शनी आगामी भदौ ३ गते (अगस्ट १९) बाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ।

फोटोनले अटोप्रेमी, व्यवसायी तथा एडभेन्चर प्रेमीहरूलाई आफ्नो आधिकारिक स्टलहरूमा निम्तो दिएको छ। फोटोन टुनल्यान्ड पिकअप का लागि स्टल नम्बर ए७ तथा फोटोन ईभी भ्यान र सोकोन सिरिज का लागि स्टल नम्बर जे४ र जे६ तोकिएको छ।

यस वर्षको प्रमुख आकर्षणमा अत्याधुनिक यूनिट्री ह्युमानोइड समावेश छ। आगन्तुकहरूले रोबोटसँग प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको नजिकबाट अवलोकन गर्न सक्ने यूनिट्री ह्युमानोइडको प्रत्यक्ष अनुभव छन्।

स्टल ए७ मा फोटोन टुनल्यान्ड पिकअप प्रदर्शन हुनेछ । जसले २३ दिनमै नेपालका ८ चुनौतीपूर्ण अफ–रोड गन्तव्य यात्रा पूरा गर्दै इतिहास रचेको छ। शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो सस्पेन्सनसहित यो पिकअप डाँडाकाँडा देखि हिलाम्मे निर्माणस्थल सम्म सहजै यात्रा गर्न सक्षम छ।

टुनल्यान्ड सिरिजका तीन मोडेल प्रदर्शनमा रहनेछन्, जसमा प्रमुख मोडेल टुनल्यान्ड जी७ डिजेल पनि समावेश छ। साथै, दुई नयाँ दमदार मोडेलको पहिलो झलक पनि सार्वजनिक हुनेछ।

स्टल जे४ मा फोटोनले आफ्ना सवारीसाधनहरूको लाइनअप प्रस्तुत गर्दैछ । जसमा माउन्टेन ईभी र टीएम१ मोडेलहरू समावेश छन्।

स्टल जे६ मा सोकोनले आफ्नो विद्युतीय भ्यान प्रदर्शन गर्नेछ । जुन वातावरणमैत्री यातायात खोज्ने व्यवसायीका लागि व्यवहारिक समाधान हो। बढ्दो मागको अवस्थामा यी ईभी मोडेलहरू शहरी तथा आसपासका क्षेत्रमा यात्रा गर्नका लागि उत्कृष्ट विकल्प मानिन्छन्।

नाडा अटो शो २०२५ मा नयाँ मोडेलहरू अवलोकन गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा त्यहीँबाट अफर र फाइनान्स सुविधा पाउने अवसर उपलब्ध हुनेछ।

फोटोन टुनल्यान्ड पिकअपका लागि स्टल ए७ र फोटोन ईभी भ्यान तथा सोकोनका लागि स्टल जे४ र जे६ अवश्य भ्रमण गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।