काठमाडौँ । सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनहरूको उपभोग दस्तुर तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त दस्तुर निर्धारण गरेको हो।
निर्धारित अनुसार कार र भ्यानका लागि काठमाडौँ आउँदा ६५ रुपैयाँ र फर्किँदा ६० रुपैयाँ दस्तुर लाग्नेछ। मिनीबस र ट्रकको लागि काठमाडौँ आउँदा ११५ रुपैयाँ र फर्किँदा ८० रुपैयाँ तोकिएको छ। ठूलो बस र ट्रकको लागि काठमाडौँ आउँदा २६० रुपैयाँ र फर्किँदा २०० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था गरिएको छ।
सुरुङमार्गमा भारी उपकरण प्रयोग गर्ने सवारी साधनहरूका लागि आउँदा ६०० रुपैयाँ र फर्किँदा २५० रुपैयाँ दस्तुर लागू हुनेछ ।
यो सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत भइसकेको छ । निर्देशिकाअनुसार के–कस्ता सवारी चलाउन पाइनेरनपाइनेलगायत मापदण्ड उल्लेख गरिएको छ । सडकमा क्षति पुग्ने तथा यात्रुको आवागमन प्रभावित हुने देखिएमा त्यस्ता सवारीसाधनलाई निषेध गर्न सकिने निर्देशिकामा उल्लेख छ । साथै पैदलयात्री, दुईपाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन प्रवेशमा भने रोक लगाइएको छ ।
नन–मोटराइज्ड सवारीसाधन र जोखिमयुक्त मालसामान बोकेका डिजल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्ज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीसाधनले सुरुङ मार्गमा ओहोरदोहोर गर्न पाउँदैनन् ।












प्रतिक्रिया