हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्बन्धमा निर्णय भैनसकेको प्रष्टोक्ती दिएको छ । हिमालयन बैंकले विज्ञप्ती जारी गर्दै मर्जरमा जाने सन्दर्भमा हालसम्म कुनै पनि निर्णय भैनसकेको जनाएको हो ।
बैंकले यसभन्दा अघि नै सञ्चालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर/एक्वीजिशन उपसमिति गठन गरिसको थियो । बैंक सञ्चालक समितिले निर्णय गरेर सञ्चालक थापाको संयोजकत्वमा गठन भएको उपसमितिले पनि मर्जर/एक्वीजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजी तथा त्यस बारे अध्ययन विश्लेषणको कार्य गरिरहेको बैंकले जनाएको छ ।
गत असोजमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने सम्बन्धमा समाचार प्रवाहित भएपछि नेप्सेले सिभिल बैंकलाई स्पष्टिकरण सोधेको थियो । तर अहिले भने नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंकलाई स्पष्टिकरण समेत मागेको छैन । हिमालयन बैंकले भने पहिले नै विज्ञप्ती मार्फत प्रष्टिकरण दिएको छ ।
वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिशनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकले पनि मर्जर उपसमिति गठन गरेको गरेको जनाएको छ ।
तर, नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष रहेका पृथ्वी बहादुर पाँडेले भने नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार दुई बैंक एक हुन अनौपचारिक प्रक्रिया सुरु गरिसकेको बताएका थिए । नोटबजारसँगको कुराकानीमा इन्भेष्टमेन्टका अध्यक्ष पाँडेले मंगलबार अनौपचारिक रुपमा दुई बैंक मर्जरमा लौजाने प्रारम्भिक सुरुवात भएको बताएका थिए ।
उनले दुबै बैंकका मर्जर उपसमितिले ड्यू डेलिजेन्स अडिट (डीडीए) गरेपछि कुरा मिल्यो भने मात्र औपचारीक रुपमा प्रक्रिया अघि बढाउने गरी काम अघि बढाएको जानकारी दिएका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया