नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान साढे ९ बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

आज बिहान ४ बजेर २० मिनेट जाँदा खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो । त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।