सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाइएको छ : नाडा अटोमोवाइल्स


काठमाडौँ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटी प्रतीक डिपाल (इभिटोल) फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौँ आइपुगेको छ ।
कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ–“नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोबिलिटी प्रतीक डिपाल, फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौँमा आइपुगेको गर्वका साथ घोषणा गर्दछ ।”

अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने नाडाले बताएको छ । नाडाले भनेको छ, ‘१७ औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।’

आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी हुन नाडाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।