हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा


बागमती । हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अबरुद्ध भएको थियो ।

अबरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।