उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगीहरुको जायजेथा बेचेर भएपनि किसानको भुक्तानी दिने बताएका छन् ।
प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हित समितिमा बैठकमा उखु उद्योगीको समस्याबारे आज भएको छलफलमा मन्त्री भट्टले उद्योगीको सम्पत्ति बेचेर भएपनी उखु किसानको भुक्तानी दिने प्रतिबद्धता जनाएका हुन् ।
यस्तै मन्त्री भट्टले रौतहट गरुडास्थित श्रीराम सुगर मिलले तीन दिनभित्र किसानहरुलाई ४५ करोड रुपैयाँ भुक्तानी गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरेका कारण पक्राउ नगरिएको बताएका छन् ।
बैठकपछि उद्योग तथा वणिज्य र श्रम तथा उपभोक्ता समितिले सात दिन भित्र उखु किसानको बक्यौता भुक्तानी दिन निर्देशन दिएको छ ।
वषौंअघिदेखिएको आफ्नो उखुको भुक्तानी अझै नपाएपछि गत पुसमा भएको सम्झौता कार्यान्वयन हुनुपर्र्ने र अबिलम्ब भुक्तानी पाउनुपर्ने माग राख्दै केही दिनयता सर्लाहीका उखु किसानहरु राजधानी केद्रित आन्दोलनमा रहेका छन् ।
सरकारले बोलाएको वार्तामा समेत सरकारी कोष वा उद्योगीहरुबाट किसानहरुले रकम भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने जवाफ फर्काएका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया