हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती


हुम्ला । सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् ।

सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् ।

यसैबीच, जग्गा वर्गीकरण नहुँदा यहाँका ७ वटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको ३ वर्ष बितिसक्दा पनि कित्ताकाट नहुँदा आफूहरूलाई मर्का परेको गाउँलेले बताएका छन् ।

“कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्साका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ,” भूउपयोग ऐन, २०७६ मा सरकारमा भनिएको छ तर त्यो यहाँ कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।