एकैदिन १३ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । सुनसँगै चाँदीको भाउ पनि तोला ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३८.३२ अमेरिकी डलर र चाँदी ३७.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।