काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । सुनसँगै चाँदीको भाउ पनि तोला २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३२८.६९ अमेरिकी डलर र चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया