एकैदिन २३ सय रुपैयाँले बढेसँगै सुनको भाउ पुग्यो २ लाख नजिक


काठमाडौँ । सुनको भाउ २ लाख नजिक पुगेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।

आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७२.६४ अमेरिकी डलर र चाँदी ३८.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।