काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको सोमबारको तुलनामा सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार गत साताको सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ रहेको थियो । जुन, यो साताको सोमबारसम्ममा ९०० रुपैयाँले बढेर १ लाख ९७ हजार २०० रुपैयाँमा आइपुगेको छ ।
यस्तै, यो साता चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी यो साताको सोमबार २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६६.५५ अमेरिकी डलर र चाँदी ३८.८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया