तेह्र बुँदे माग राख्दै पठाओ राइडर आन्दोलनमा, माग पूरा नभएसम्म काममा नफर्कने

0
Shares

 

विभिन्न १३ बुँदै माग राखी पठाओका राइडरहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । बानेश्वर स्थित पठाओको कार्यालय परिसरमा अगाडि उनीहरुले बाईक सहित धर्ना दिएका हुन् ।

पठाओ राइडर र पेसेन्जर दुबैको इन्स्योरेन्स हुनुपर्ने, कमिसन रेट कम गर्नुपर्ने ,राइडर सस्पेन्डमा पर्नु अघि पूर्व जानकारी हुनुपर्ने जस्ता माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

त्यस्तै पेसेन्जरलाई मात्र नभई राइडर संगको कुरा सुन्नुपर्ने, डियु पेमेन्ट ५०० बाट १०० बनाउनुपर्ने, कस्टमर कियर नम्बर टोल फ्रि हुनुपर्ने लगायतका माग राखेका छन् । आफुले राखेको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

राइडर मार्न पाईदैन हाम्रो माग पूरा गर जस्ता नारा लगाएर आन्दोलनमा उत्रिएका उनीहरुले सडकभरी बाइक राखेर प्रदर्शन समेत गरेका थिए ।

पठाओले सरकारलाई राजश्व छल्ने र राइडरलाई बिभिन्न बहानामा सस्पेन्स गर्ने,कमिसन बढी लिने गरेको उनीहरुको आरोप छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १६ : ५१ बजे