सुनचाँदीको मूल्य हालसम्मकै उच्च


काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य आज आइतबार भने प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बट्दै प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४४७.९५ अमेरिकी डलर र चाँदी ३९.७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।