प्रि-ओपनिङ्गमा २३ कम्पनीको शेयर मूल्य बढ्यो, नेप्से साढे २१ अंक उक्लियो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से बढेकोे छ । नेप्से २१.५२ अंकले बढेर १ हजार ९८७.४८ बिन्दुमा उक्लिएको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयरमूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा २५ कम्पनीका ३ हजार ५३४ कित्ता शेयर ३३ लाख ८७ हजार ५३५ रुपैयाँमा खरीद बिक्री भएका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।