पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा १ अर्ब बढीको कृषि जन्यवस्तु निर्यात, सबैभन्दा धेरै चिया


झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँ, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँ, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँ, अम्लिसो ८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा ६ करोड १० लाख रुपैयाँ, बन्दा ४ करोड ७ लाख रुपैयाँ, मसुरो दाल २ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट १ अर्व ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य बस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  ०८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।