जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त सेयरमा आज कार्यलय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यस अर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  ०७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।