सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारदेखि लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कायम भएको छ । चाँदीको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५३०.८९ अमेरिकी डलर र चाँदी ४०.७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।