काठमाडौं । बीमा कम्पनीहरूको नियामक संस्था नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन परेको छ ।
प्राधिकरणको अध्यक्ष शरद ओझा फर्जी कागजात परेको पुष्टी पश्चात बर्खास्त भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका हुन् ।
सरकारले प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सात दिने सूचना जारी गर्दै आवेदन माग गरेको थियो । जसअनुसार १४ जनाले आफ्नो आवेदन बुझाएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिले यो आवेदन दिएकाहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका बिक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणि शिवाकोटी, डा.राजेन्द्र पाण्डे, रिमेश कुमार भट्टराईले आवेदन दिएका छन् ।
यस्तै भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपाने, कास्कीका डा. दामोदर बसौला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकाल, लमजुङका प्राडा दिपकबहादुर पण्डित र दाङका यज्ञप्रसाद न्यौपानेले आवेदन दिएका छन् ।
भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य डा. खोमराज खरेल सदस्य सम्मिलित सिफारिस समिति बनाएर बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरू गरेको थियो ।
सरकारले गत भदौ २ मा फर्जी कागजात पेश गरी अध्यक्ष बनेको पुष्टी भएको भन्दै प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्ती गरेको थियो । त्यसपछि रिक्त रहेको पदमा नियुक्तिका लागि सिफारिस समितिले भदौ १३ गते दरखास्त आह्वान गरेको थियो ।











प्रतिक्रिया