सुनको मूल्य फेरि उकालो लाग्यो

0
Shares

सुनको मूल्य नेपाली बजारमा बिहीबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन तोलामा ९४ हजार, तेजावी ९३ हजार ५०० र चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनमा १ हजार २०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार १०० रुपैयाँले बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।