महिला उद्यमीलाई सिटिजन्स बैंकको सहुलियत दरमा १५ लाखसम्म ऋण

0
Shares

सिटिजन्स बैंक (CZBIL) ले महिला उद्यमशिलताको विकास गर्न सहुलियतपूर्ण दरमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा प्रदान गर्ने भएको छ ।

सिटिजन्स बैंक र महिला उद्यमी महासंघ बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह सम्बन्धी समझदारी भएको छ । सम्झौता पश्चात महिला उद्यमी महासंघको सिफारिसमा बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सहमतीमा समझदारी भएको हो ।

महिला उद्यमशिलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने बैंकले जनाएको छ । यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुने विश्वास बैंकको छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशै भरी छरिएका ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।