काठमाडौं । कामना सेवा विकास बैंकले १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.७९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफा तथा विगतको सञ्चित नाफा समेतबाट सेयरधभनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५.७९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण हुनेछ ।
गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।












प्रतिक्रिया