लुम्बिनी विकास बैंकले लाभांश र मर्जर एजेण्डा पारित गर्न बोलायो साधारणसभा

0
Shares

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को आम्दानीबाट आफ्ना शेयरधनीहरुलाई १७.०७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव साउन २८ गते हुने ११ औं वार्षिक साधारणसभाबाट पारित गराउने भएको छ ।

त्यस्तै साधारणसभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्विजिसन (प्राप्ति) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्तावलाई पनि पारित गर्ने छ ।

साधारणसभाले बैंकको हालको चुक्तपुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१२ रुपैयाँको १७.०७ प्रतिशतले हुने ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ बोनस वितरण गर्ने जनाएको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार पुग्नेछ ।

बैंकले बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि साउन २२ गतेदेखि शेयरधनीदर्ता किताब बन्द गर्ने भएकाले साउन २१ गतेसम्म कायम भएका लगानीकर्ताले मात्र बैंकले वितरण गर्ने बोनस शेयर पाउनेछन्।