काठमाडौँ । राजधानीमा भएको जेनजी प्रदर्शनीमा प्रहरीको बल प्रयोगको कारण ज्यान गुमाउनेको संख्या १४ जना पुगेको छ । सामाजिक सञ्जाल बन्द गरिएको र भ्रष्टाचारको अन्त्यको विषयमा प्रदर्शनमा उत्रिएका जेन जी माथि सुरक्षाकमीको बल प्रयोगले हिंसात्मक रुप लिएको हो ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस, गोली, पानीको फोहोर, लाठीचार्ज गरिरहेको छ । अहिले पनि बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त छ ।
तर यति हुँदा पनि देशको सर्वोच्च मानवअधिकार निगरानी निकाय नेपाल मानव अधिकार आयोग भने मौन छ । राज्यद्धारा गरिएका सम्भावित अधिकार उल्लंघनको विषयमा प्रतिक्रिया दिन आयोगले गरेको ढिलाईप्रति चिन्ता व्यक्त गरिएको छ ।
जेन जी प्रदर्शनका क्रममा घाइते हुनेहरुको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
दिउँसो ४ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।










प्रतिक्रिया