काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जालको कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको एक मन्त्रीले बताए ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो । जेनजीहरूको प्रदर्शनका कारण हालसम्म काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका छन् ।












प्रतिक्रिया