गृहमन्त्री लेखकले दिए राजीनामा


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा बुझाएका हुन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।