सुनको मूल्य ऐतिहासिक विन्दुमा, एकैदिन ३ हजार १ एक सयले बढ्यो


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख १४ हजार ७०० रूपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ११ ६०० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार चाँदी प्रतितोला २ हजार ५१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५४.७१ अमेरिकी डलर र चाँदी ४१.४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।