अध्यक्ष दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका उनले बताए ।

जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।