मेगा मर्जरमा जाने मेगा बैंकको चाहाना, समकालिन बैंकहरुमा उत्कृष्ट भएको दाबी

0
Shares

मेगा बैंकले अर्को कुनै वाणिज्य बैंकसँग मर्जरमा जाने इच्छा व्यक्त गरेको छ । मंगलबार राजधानीमा बैंकको ९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले केहि वाणिज्य बैंकहरुसँग मर्जरको लागि छलफल भईरहेको जानकारी दिइन् ।

खुञ्जेलीले राष्ट्र बैंकको मर्जर नीतिलाई साथ दिन मर्जरमा जानका लागि आवश्यक कामहरु भईरहेको बताईन् । हामी थप मर्जरमा जान तयार छौ, जसका लागि ५० प्रतिशत भन्दा बढी काम गरिसकेका छौ, अब ५० प्रतिशत काम बाँकी छ, उनले भनीन् ।

बैंकले घोषणा गरेको पञ्चवर्षीय योजनाअनुसार बैंक मजबुत भन्दै गएको उनको भनाई छ । एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यवासयीक फड्को मार्न सफल भएको उनको दाबी छ ।

साथै उनले गतवर्षको कमाईबाट यो वर्ष आफ्ना शेयरधनीहरुलाई डबल डिजिटको लाभांश वितरण गर्ने खुलास पनि गरिन् । विगतमा वर्षहरुमा गरेको प्रतिवद्धता यो वर्ष पुरा गर्दैछौ, उनले भनिन् ।