काठमाडौँ । प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका छन् । अहिले सिंहदरबारको कोठाकोठामा आगो दन्किरहेको छ । सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो ।
यो मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत छन् ।
सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी थिएनन् । त्यसैले प्रदर्शनकारीहरु सजिलै सिंहदरबार प्रवेश गरेका थिए ।
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको कब्जामा छ । सिंहदरबारको पश्चिमतर्फ रहेको मूल गेटमा चढेर प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका छन् ।










प्रतिक्रिया