त्रिभुवन विमानस्थल बुधबार साँझसम्म बन्द रहने


काठमाडौँ । विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्म नखुल्ने भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि बुधबार मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।