संयुक्त राष्ट्र संघका महासचिव गुटेर्रेसको नेपालबारे चिन्ता थप दुर्घटना टार्नुपर्छ


काठमाडौँ ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको पछिल्लो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले नेपालमा भइरहेका प्रदर्शनहरू शान्तिपूर्ण हुनुपर्ने र यसबाट कुनै पनि किसिमको धनजनको क्षति हुन नछुने बताएका हुन्।

गुटेर्रेसले हालै भएका घटनाहरूको राम्रोसँग अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन्। उनले नेपाल थप दुर्घटनातर्फ जान नदिन सबै सरोकारवालाहरूलाई संयम हुन आग्रह गरेका छन्।

यसअघि, संयुक्त राष्ट्र संघले जेन जी प्रदर्शनमा सरकारले गरेको दमनको आलोचना गरेको थियो। संयुक्त राष्ट्र संघले प्रजातान्त्रिक अधिकारको प्रयोग शान्तिपूर्ण तरिकाले गर्न पाउनुपर्ने वातावरण सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।